पदाधिकारी

शान्तिरमण वाग्ले graphic

शान्तिरमण वाग्ले

प्रमुख

पढ्नुहोस..

बासुदेव थापा graphic

बासुदेव थापा

उप-प्रमुख

पढ्नुहोस..

थमन सिंह थापा graphic

थमन सिंह थापा

जिल्ला समन्वय अधिकारी

पढ्नुहोस..

संक्षिप्त परिचय

संघिय नेपालको गण्डकी प्रदेशमा अवस्थित तनहुँ जिल्ला प्रकृति, सभ्यता, रहनसहन र जैविक विविधताले मनोरम ऐतिहासिक पहाडी जिल्ला हो । १० स्थानीय तहमा विभाजित तनहुँमा ४ नगरपालिका र ६ गाउँपालिका छन् । भानु न.पा., व्यास न.पा., शुक्लागण्डकी न.पा., भिमाद न.पा., आँबुखैरेनी गा.पा., बन्दीपुर गा.पा., देवघाट गा.पा., म्याग्दे गा.पा., ऋषिङ गा.पा. र घिरिङ गा.पा. तनहुँका स्थानीय तहका नाम हुन् ।

नेपालको मध्यवर्ती भागमा पर्ने यो जिल्ला पूर्वमा गोरखा र चितवन, दक्षिणमा चितवन, नवलपुर (नवलपरासी - बर्दघाट सुस्ता पूर्व) र पश्चिममा स्याङ्गजा र कास्की तथा उत्तरमा कास्की र लमजुङ्ग जिल्लाहरुद्वारा परिवेष्ठित छ । समुद्र सतहबाट १८७ मि. (देवघाट गा.पा.को कालीगण्डकी र त्रिशूली नदीको संगमस्थल) देखि २१३४ मि. (छिम्केश्वरी डाँडा) सम्मका भागहरूमा फैलिएर रहेको यस जिल्लाको क्षेत्रफल १५४६ वर्ग कि.मी. (४,६०० हे.) नेपालको कुल भू-भागको १.०५% रहेको छ । साथै जिल्लाको पूर्व–पश्चिम लम्बाई ६२.५ कि.मि. र उत्तर–दक्षिण चौडाई ४३.७ कि.मि. रहेको छ । जिल्ला सदरमुकाम दमौली समुद्री सतह देखि ३७० मि.को उचाइमा रहेको छ । औषत वर्षा २०५८ मि.मि. रहेको छ भने अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस सम्म हुने गर्दछ । भौगोलिक दृष्टिले दक्षिणतर्फ चुरे (१.१५%) र उत्तर तर्फ मध्यपहाडी (९८.८५%) क्षेत्रहरू मिली बनेको यो जिल्ला भू–उपयोगको दृष्टिले रुखयुक्त वन क्षेत्रले ७१,७१५.२२ हे. र झाडीयुक्त वन क्षेत्रले ६,३९६.० हे. गरी ७८,१११.२२ हे. ( ५०.५२%), कृषियोग्य क्षेत्रले ६५,०६१  हे. (४२.०८%), चरन क्षेत्रले ४,३०६ हे. (२.७८%) र अन्य क्षेत्रले ७,१२१.७८ हे. ( ४.६२%) ओगटेका छन् । हिमालय पर्वतबाट निस्केका मर्स्याङ्गदी र त्रिशूली नदीहरूले पूर्व, कालीगण्डकी नदीले दक्षिण तर्फबाट घेर्नुका साथै मादी र सेती नदीहरूले बीचमा चिरेर जिल्लालाई जल सम्पदामा समेत धनी बनाएका छन् ।

राष्ट्रिय जनगणना २०६८ अनुसार यस जिल्लाको कुल जनसंख्या ३,२३,२८८ (नेपालको जनसंख्याको १.२२%) रहेको  छ । सो मध्ये १,७९,८७८ (५५.६४ %) महिला र १,४३,४१० (४४.३६%) पुरुष जनसंख्या हो । जनसंख्या वृद्धिदर जम्मा ०.२५% रहेको छ । जिल्लामा ७८,३०९ घरधुरीहरू २,३६२ वस्तीहरूमा छरिएर रहेका छन् । साक्षरता ८४.९८ % रहेको छ भने ५३,१३० परिवारले खाना पकाउन दाउरा प्रयोग गर्ने गर्दछन्। त्यसैगरी ८६.५१% हिदु, ९.४४% बौद्ध, १.२८% मुस्लिम, १.६९% क्रिश्चियन र १.०८% अन्य धर्मावलम्बीहरू बसोबास गर्ने यस जिल्लामा जातिगत हिसाबले हेर्दा २८% मगर, १३.५५% ब्राहमण, १२.१७% गुरुङ्ग, १०.७९% क्षेत्री, ७.५%४ नेवार, १५.६९% दलित (कामी, दमै, सार्की, सुनार, गन्धर्व आदी) र १२.२६% अन्य जातिका मानिसहरू वसोबास गर्दछन् । प्रशासनिक दृष्टिले ४ नगरपालिका, ६ गाउँपालिका, ४ प्रदेश निर्वाचन क्षेत्र र २ संघिय निर्वाचन क्षेत्रमा विभाजित रहेको छ ।


थप पढ्नुहोस्

नमुना फारमहरू

Skip to toolbar