जिल्ला सभाको मिति २०८०/०३/१८ मा बसेको विशेष बैठकको निर्णय नं. १ अनुसार जिल्ला समन्वय समिति, तनहुँको स्वामित्वमा रहेको साविक फराकचौर ९/ग (हाल व्यास न.पा. – ३) कित्ता नं. २०३० र कि.नं. ३२४ को जग्गामा बनेका सटरहरू मध्ये २४ वटा सटरहरू जिल्ला सभाको उल्लेखित बैठकको निर्णय बमोजिम प्रत्येक सटरका लागि कायम भएको न्यूनतम मूल्यबाट बढाबढमा व्यवसायिक प्रयोजनका लागि भाडामा दिन ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले सूचनामा उल्लेखित शर्तहरूको अधिनमा रही यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) औं दिन (अर्थात मिति २०८०/०४/२८ ) भित्र कार्यालय समयमा दरभाउपत्र खरिद गरी सो को भोलिपल्ट (अर्थात मिति २०८०/०४/२९) दिनको १२:०० बजेभित्र जिल्ला समन्वय समितिको कार्यालय, तनहुँमा शिलबन्दी दरभाउपत्र पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । सूचनाको पुरा व्यहोरा तल दिईएको लिङ्क मार्फत् हेर्न सकिने छ ।
सटर भाडामा लगाउने सम्बन्धी शिलबन्दी दरभाउपत्र आह्वानको सूचना: