समीक्षा कार्यक्रम सम्पन्‍न ।

संघ अन्तरगतका कार्यालय र प्रदेश अन्तरगतका कार्यालयहरूबाट चालु आ.व. २०७९/०८० मा तनहुँ जिल्लामा सञ्चालनमा रहेका विकास निर्माण सम्बन्धी योजना / कार्यक्रमहरूको जिल्लास्तरीय समीक्षा कार्यक्रम जिल्ला समन्वय समिति, तनहुँद्वारा यही २०८० साल जेठ ८ गते जिल्ला समन्वय समिति, तनहुँको सभाहल, दमौलीमा आयोजना गरिएको थियो ।

उक्त समीक्षा कार्यक्रममा आफ्नो कार्यालयबाट संचालनमा रहेका योजना / कार्यक्रमहरूको हाल सम्मको कार्यान्वयन प्रगति, कार्यान्वयनमा देखिएको समस्या, समाधानको उपाय सम्बन्धमा देहाय बमोजिमका २ वटा संघिय कार्यालय र ९ वटा प्रदेश कार्यालयहरूबाट प्रस्तुतीकरण भई, जि.स.स. प्रमुख लगायतका जि.स.स. पदाधिकारी, पालिका प्रमुख र प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा व्यापक छलफल एवं समीक्षा भई कार्यक्रम सम्पन्‍न गरिएको छ । – २०८०/०२/०८

समीक्षा प्रतिवेदन २०८० :


केही सम्बन्धित तस्वीरहरू :


Skip to toolbar