शिलबन्दी दरभाउपत्र आह्वानको सूचना (गणेशमानचोक स्थित शटरहरू)

जिल्ला सभाको मिति २०८०/०३/३१ मा बसेको विशेष बैठकको निर्णय नं. १ को बुँदा नं. (ख) को (आ) अनुसार जिल्ला समन्वय समिति, तनहुँको स्वामित्वमा रहेको साविक फराकचौर ९/ग (हाल व्यास न.पा. २) कित्ता नं. १६३७ को जग्गामा रहेका प्रत्येक सटरका लागि कायम भएको न्यूनतम मूल्यबाट बढाबढमा व्यावसायिक प्रयोजनका लागि २०८० पौष मसान्त सम्मको निमित्त भाडामा दिन ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले सूचनामा उल्लेखित शर्तहरूको अधिनमा रही यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) औं दिन (अर्थात मिति २०८०/०५/२१) भित्र कार्यालय समयमा दरभाउपत्र खरिद गरी सो को भोलिपल्ट १६ (सोह्र) औं दिन (अर्थात मिति २०८०/०५/२२) दिनको १२:०० बजेभित्र जिल्ला समन्वय समितिको कार्यालय, तनहुँमा शिलबन्दी दरभाउपत्र पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । सूचनाको पुरा व्यहोरा तल दिईएको लिङ्क मार्फत् हेर्न सकिने छ ।

सटर भाडामा लगाउने सम्बन्धी शिलबन्दी दरभाउपत्र आह्वानको सूचना:

Skip to toolbar