
आ.व. २०७८/०७९ मा सञ्चालित विकास निर्माण तथा सेवा प्रवाह सम्बन्धी जिल्लास्तरीय बार्षिक समीक्षा कार्यक्रम २०७९ साल भदौ १७ गते जिल्ला समन्वय समिति, तनहुँको आयोजनामा निम्तो पार्टी प्यालेस, दमौलीमा सम्पन्न भएको छ ।
स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ९२ को उपदफा (१) को (ञ) मा जिल्लाभित्रको विकास तथा निर्माणलाई प्रभावकारी बनाउनको लागि बर्षमा कम्तीमा एक पटक बार्षिक समीक्षाको कार्यक्रम आयोजना गरी सो जिल्लाबाट सङ्घीय संसद र प्रदेश सभामा प्रतिनिधित्व गर्ने संसद-सदस्यलाई आमन्त्रण गरी सुझाव लिने भन्ने व्यवस्था भए बमोजिम उक्त कार्यक्रम आयोजना गरिएको र उक्त कार्यक्रममा तनहुँ जिल्लाबाट संङ्घीय संसदमा प्रतिनिधित्व गर्नुहुने ६ जना माननीय संसद-सदस्य र प्रदेश सभामा प्रतिनिधित्व गर्नुहुने ६ जना माननीय प्रदेश सभा सदस्यलाई आमन्त्रण गरिएको थियो । जस मध्ये प्रतिनिधी सभा सदस्य / पूर्व मन्त्री माननीय कृष्ण कुमार श्रेष्ठ, प्रतिनिधि सभा सदस्य माननीय कलिला खातुन, आन्तरिक मामिला मन्त्री एवं गण्डकी प्रदेश सभा सदस्य माननीय डोबाटे विश्वकर्मा, प्रदेश सभा सदस्य एवं पूर्व प्रदेश सरकारका मन्त्री माननीय हरि बहादुर चुमान र गण्डकी प्रदेश सभा सदस्य माननीय सरिता गुरुङको गरिमामय उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा पालिका प्रमुख, निमित्त प्रमुख जिल्ला अधिकारी, विभिन्न कार्यालयका कार्यालय प्रमुखहरू तथा कर्मचारीहरू एवं नेपाल पत्रकार महासंघ, तनहुँका अध्यक्ष लगायतका संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।
विभिन्न कार्यालयका कार्यालय प्रमुख / कर्मचारीहरूबाट गत आ.व. २०७८/७९ मा आफ्नो कार्यालयबाट सम्पादन भएका विकास निर्माण तथा सेवा प्रवाह सम्बन्धी कार्यहरूको प्रगति प्रतिवेदन प्रस्तुत भई प्रतिवेदनमा प्रस्तुत भएका विषय तथा विवरणहरू उपर छलफल तथा सवाल जवाफ भई कार्यक्रम सम्पन्न गरिएको छ । – २०७९/०५/१७
Few Glimpses :