Officials

Shantiraman Wagle graphic

Shantiraman Wagle

Chief

Read..

Basudev Thapa graphic

Basudev Thapa

Deputy Chief

Read..

Prakashraj Poudel graphic

Prakashraj Poudel

District Coordination Officer

Read..

Brief Introduction

संघिय नेपालको गण्डकी प्रदेशमा अवस्थित तनहुँ जिल्ला प्रकृति, सभ्यता, रहनसहन र जैविक विविधताले मनोरम ऐतिहासिक पहाडी जिल्ला हो । १० स्थानीय तहमा विभाजित तनहुँमा ४ नगरपालिका र ६ गाउँपालिका छन् । भानु न.पा., व्यास न.पा., शुक्लागण्डकी न.पा., भिमाद न.पा., आँबुखैरेनी गा.पा., बन्दीपुर गा.पा., देवघाट गा.पा., म्याग्दे गा.पा., ऋषिङ गा.पा. र घिरिङ गा.पा. तनहुँका स्थानीय तहका नाम हुन् ।

विविध जातजाति भेषभूषाले परिपूर्ण विभिन्‍न कोट, दरबार, मन्दिर, गुफा, ऋषिमुनिहरूका तपोकेन्द्रहरू सहितका अलङ्कारहरूले सुसज्जित पनि छ । त्यसैगरी नेपाली साहित्यिक आकाशका उज्ज्वल नक्षत्रका रुपमा रहेका वन्दनीय महापुरुष आदिकवि भानुभक्त आचार्यको जन्मभूमि/कर्मभूमि, महर्षि पराशरको तपोभूमि तथा महाभारतका महा रचायिता महर्षि वेदव्यासको जन्मभूमि/कर्मभूमिका रुपमा समेत यस जिल्लाले प्रसिद्धि पाएको छ ।

ऐतिहासिक गाथा र गरिमामय इतिहास बोकेको यो जिल्लाको नामकरण सम्बन्धमा विभिन्‍न प्रकारका किम्बदन्ती रहे तापनि निम्‍न दुईलाई प्रमुख रुपमा लिइन्छ ।

१. तत्कालीन तनहुँ राज्यको राजधानी तनहुँसुर आसपासका एकैखालका तीनवटा चुचुराहरुलाई त्रितुङ्ग (संस्कृत भाषामा : त्रि = तीन, तुङ्ग = चुचुरा) नामकरण भई क्रमशः तनुङ्ग बनेको र सोही शब्द अपभ्रंश भई “तनहुँ” नाम रहेको । यस भेगका कतिपय गाउँका नामहरू मानहुँ, किहुँ, काहुँ आदिको अन्त्यमा  समेत “हुँ” आउँदछ ।

२. तनहुँको राजधानी तनहुँसुरमा सानो चिउँडो भएको तनुहुन (संस्कृत भाषामा : तनु = सानो र हुन = चिउँडो) नाम गरेका ऋषिले तपस्या गरेकाले सो शब्दको अपभ्रंश भएर “तनहुँ” नाम रहेको ।

नेपालको मध्यवर्ती भागमा पर्ने यो जिल्ला पूर्वमा गोरखा र चितवन, दक्षिणमा चितवन, नवलपुर (नवलपरासी - बर्दघाट सुस्ता पूर्व) र पश्चिममा स्याङ्गजा र कास्की तथा उत्तरमा कास्की र लमजुङ्ग जिल्लाहरुद्वारा परिवेष्ठित छ । समुद्र सतहबाट १८७ मि. (देवघाट गा.पा.को कालीगण्डकी र त्रिशूली नदीको संगमस्थल) देखि २१३४ मि. (छिम्केश्वरी डाँडा) सम्मका भागहरूमा फैलिएर रहेको यस जिल्लाको क्षेत्रफल १५४६ वर्ग कि.मी. (४,६०० हे.) नेपालको कुल भू-भागको १.०५% रहेको छ । साथै जिल्लाको पूर्व–पश्चिम लम्बाई ६२.५ कि.मि. र उत्तर–दक्षिण चौडाई ४३.७ कि.मि. रहेको छ । जिल्ला सदरमुकाम दमौली समुद्री सतह देखि ३७० मि.को उचाइमा रहेको छ । औषत वर्षा २,०५८ मि.मि. रहेको छ भने अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस सम्म हुने गर्दछ । भौगोलिक दृष्टिले दक्षिणतर्फ चुरे (१.१५%) र उत्तर तर्फ मध्यपहाडी (९८.८५%) क्षेत्रहरू मिली बनेको यो जिल्ला भू–उपयोगको दृष्टिले रुखयुक्त वन क्षेत्रले ७१,७१५.२२ हे. र झाडीयुक्त वन क्षेत्रले ६,३९६.० हे. गरी ७८,१११.२२ हे. ( ५०.५२%), कृषियोग्य क्षेत्रले ६५,०६१  हे. (४२.०८%), चरन क्षेत्रले ४,३०६ हे. (२.७८%) र अन्य क्षेत्रले ७,१२१.७८ हे. ( ४.६२%) ओगटेका छन् । हिमालय पर्वतबाट निस्केका मर्स्याङ्गदी र त्रिशूली नदीहरूले पूर्व, कालीगण्डकी नदीले दक्षिण तर्फबाट घेर्नुका साथै मादी र सेती नदीहरूले बीचमा चिरेर जिल्लालाई जल सम्पदामा समेत धनी बनाएका छन् ।


Read More
Skip to toolbar